तनहुँमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ७ घाइते
![तनहुँमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ७ घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_IpVq6lk0XZ_xVrjGZBPpk.jpg)
तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिका-१२ प्युरीदोभानमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अन्य ७ जना यात्रु घाइते भएका छन्।
दुलेगौँडा बजारबाट प्युरीदोभान जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जीप आफै अनियन्त्रित भई सडकबाट १०८ फिट तल खस्दा स्याङजा पुतलीबजार नगरपालिका–६ का ३९ वर्षीय कुलबहादुर सुनारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडका अनुसार दुर्घटनामा परी शुक्लागण्डकी-१० की २१ वर्षीया मोतिकला भुजेल, शुक्लागण्डकी–१२ का ३५ वर्षीया बबिता भुजेल, सोही ठाँउ बस्ने ३१ वर्षीया कल्पना भुजेल, ८ वर्षीय आरम्भ भुजेल, ९ वर्षीया रूशिका थापा, ३० वर्षीया तिल कुमारी थापा, २७ वर्षीया हेमकुमारी भुजेल रहेकी छिन्।
मोतिकलाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा उपचार भइरहेको छ। अन्य ६ जनालाई गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरीले जनाको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)