शान्तिबाटिकामा धर्ना बसेका मिटरब्याजी पीडितमाथि लाठिचार्ज र अश्रुग्याँस प्रहार

शान्तिबाटिकामा धर्ना बसेका मिटरब्याजी पीडितमाथि लाठिचार्ज र अश्रुग्याँस प्रहार

काठमाडौं : मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको छ । शान्तिबाटीकाभित्र धर्ना बस्दै आएका मिटरब्याजी पीडित भद्रकाली जान खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

null

झडपका क्रममा केही मिटरब्याजी पीडित र प्रहरी  घाइते भएका छन्। केही मिटरब्याजी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीड तितरवितर पार्न प्रहरीले लाठिचार्ज र अश्रुग्याँस समेत प्रहार गरेको छ। 

null

सबै मिटरब्याजी पीडितलाई धर्नास्‍थलबाट बाहिर निकालिएको छ। अहिले प्रहरीले उनीहरूको  सामान संकलन गरिरहेको छ। धकेलाधकेल भएपछि शान्तिबाटीका क्षेत्र तनावग्रस्‍त बनेको छ। अहिले सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

null

तस्बिर : अभिशेक महर्जन
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.