पोखरामा भारतीय पर्यटकको चहलपहल

पोखरामा भारतीय पर्यटकको चहलपहल
सुन्नुहोस्

पोखरा : कोभिड–१९ पछि थला परेको पर्यटन उद्योग पुनः लयमा फर्कने संकेत देखिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्।  

पछिल्लो समयमा भारतीय पर्यटकको चहलपहल बढ्नु र युरोप, अमेरिका, बेलायत लगायतका देशका पर्यटकको आगमन पनि विस्तारै बढ्दै गएपछि व्यवसायी उत्साहित भएका छन्। 

कोरोना संकटका कारण बैंकका व्याज तिर्न पनि धौधौ भइरहेको अवस्थामा पर्यटक आगमनमा गत वर्ष भन्दा केही सुधार हुने गरी पर्यटकको चहलपहल बढेको हो। 

यति बेला पोखरामा भारतीय पर्यटकको चहलपहल बढेको फेवा डुंगा व्यवसायी समितिका पूर्व अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए। पोखरा वरपर रहेका धार्मिकस्थल, गुफा, सेती नदी, अन्नपूर्ण हिमालको अवलोकन गर्न भारतीय पर्यटक आउने गर्छन्। 

हिमालयको काखमा रहेका मुक्तिनाथ मन्दिरको दर्शन गर्न पनि भारतीय पर्यटक पोखरा आउने गर्छन्। पोखरा आउने पर्यटक फेवातालको मध्य भागमा रहेको बाराही मन्दिरको दर्शन गर्ने र फेवातालमा रमाउने गर्छन्। 

फेवातालमा डुंगा चलाएर जिवीका चलाउनेको संख्या करिव ३ सय रहेको नेपालीले बताए। फेवातालका ८ वटा डुंगाघाटमा ७ सय ७० वटा डुंगा रहेको छ। भारतीय र स्वदेशी पर्यटकको चहलपहल बढेकाले डुंगा व्यवसायी व्यस्त रहेको पनि उनले सुनाए। 

नेपाली नयाँ वर्ष २०८० को अघिल्लो दिन र वैशाख १ गते नेपाली र भारतीय पर्यटकको पनि चाप बढेकाले डुंगा व्यवसायीलाई भ्याइनभ्याइ भएको डुंगा व्यवसायी रुद्र भुजेलले बताए। नयाँ वर्षमा १० हजार जतिले डुंगा चढेको उनले सुनाए। 

हिजो आज भने दैनिक कम्तीमा ३ हजार (वाराही मन्दिर दर्शन गर्ने समेत) जनाले डुंगामा सयर गर्ने गरेको पनि उनले सुनाए। कोभिड पछि यो वर्ष भारतीय मात्र होइन नेपाली पर्यटक पनि बढेको उनले बताए। 

पछिल्लो समयमा पोखरामा पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। नयाँ वर्षको दुई दिन अलि धेरै चहलपहल बढेको र अहिले भारतीय र अन्य देशका पर्यटकको चहलपहल बढेको उनले सुनाए। 

मुक्तिनाथ मन्दिर जान मात्र संरक्षण क्षेत्रमा जाने भारतीय पर्यटक पछिल्लो समयमा हिमाली क्षेत्रको नयाँ नयाँ पदयात्रा क्षेत्रमा पनि जान थालेकाले अबका दिनमा भारतीय पर्यटक थप बढ्ने उनले विश्वास गरे। 

वायु प्रदूषणको कारण भिजिबिलीटी कम हुँदा दुई तीन दिन यता पोखरा–काठमाडौं, काठमाडौं–पोखरा उडान हुन नसक्दा र पोखरा मुग्लिन सडक पुनर्निर्माणको कारण यात्रा सकस पूर्ण हुँदा पर्यटक आगमनमा असर परेको पनि उनले सुनाए। 

नेपालमा कति भारतीय पर्यटक आउँछन र पोखरामा कति पर्यटक आउँछन भन्ने एकिन सरकारी तथ्यांक भने छैन। जहाजमा आउने पर्यटकको मात्र तथ्यांक राखिने भएकाले खुला सिमानाका भएकाले स्थल मार्गबाट कति भारतीय पर्यटक आउँछन भन्ने एकीन तथ्यांक नभएको पोखरा पर्यटन परिषदका अध्यक्ष श्रेष्ठले बताए। भारतीय पर्यटकहरू निजी सवारीमा ठूलो संख्यामा आउने गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.