झडपमा ९ जना मिटरब्याज पीडित घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

झडपमा ९ जना मिटरब्याज पीडित घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
तस्बिर : राजकरण महतो

काठमाडौं : शान्तिबाटिकामा भएको झडपमा ९ जना मिटरब्याज पीडित घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइतेहरूको आकस्मिक कक्षमा उपचार भइरहेको ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार अधिकांश घाइतेहरूको टाउको र शरीरका विभिन्न अंगमा चोट देखिएको छ।

मिटर ब्याज तथा ठगिविरुद्ध किसान मदजुर संघर्ष समितिका उपाध्यक्ष कूलबहादुर थापा,नवल परासीका अकबर मियाँ,इलामका लोकनारायण सुवेदी,सर्लाहीको कृष्णनन्द महतो,ओखलढुंगाको प्रदिप नेपाल,नवलपरासीको तीलराम चौधरी, बालाजुका सिताराम तामाङ, रुकुमका यमकुमारी टडेल,सिरहाको देवी देविशाको ट्रमा सेन्टरमा उपचार भइरहेको हो।

३५ बढि आफ्ना सहकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितले बताएका छन्। झडपमा केही प्रहरी घाइते भएको बताइएको छ।

शान्तिबाटीकाभित्र धर्ना बस्दै आएका मिटरब्याजी पीडित प्रदर्शन गर्दै भद्रकाली जान खोजेपछि प्रहरीले रोक्न खोज्दा झडपको स्थिति सृजना भएको थियो।  भीड तितरवितर पार्न प्रहरीले लाठिचार्ज र अश्रुग्याँस समेत प्रहार गरेको थियो। 

प्रहरी र मिटरब्याज पीडितबीच धकेलाधकेल भएपछि शान्तिबाटीका क्षेत्र तनावग्रस्‍त बनेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.