मिटरब्याज पीडितका माग सम्बोधन नभए आन्दोलनमा उत्रिने राजेन्द्र लिङ्देनको चेतावनी

मिटरब्याज पीडितका माग सम्बोधन नभए आन्दोलनमा उत्रिने राजेन्द्र लिङ्देनको चेतावनी

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेको भन्दै निन्दा र भत्र्सना गरेका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिङ्देनले मिटरब्याज पीडितको मागलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग समेत गरे।

 तराई–मधेसका विभिन्न जिल्लामा हरुवा चरुवाले उठाउँदै आएका माग सम्बोधन गर्न लिङ्देनले आग्रह गरे । उनले सरकारले उनीहरूको माग पुरा नगरे राप्रपा आन्दोलनको अग्रमोर्चामा उभिने चेतावनी समेत दिए।

त्यस्तै सांसद प्रेम सुवालले मिटर ब्याज पीडितमाथि सोमबार भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.