पोखरामा विदेशी पर्यटकको चहलपहल

एकैदिन ८७  चिनियाँसहित १७५ विदेशीले गरे प्याराग्लाइडिङ

एकैदिन ८७  चिनियाँसहित १७५ विदेशीले गरे प्याराग्लाइडिङ
पोखराको आकाशमा मंगलबार प्याराग्लाइडिङमा रमाउँदै पर्यटक ।  तस्बिर : कृष्णमणि बराल

पोखरा : कोभिड–१९ पछि शून्यको अवस्थामा रहेको चिनियाँ पर्यटकको आगमन पोखरामा पुःन सुरू भएको छ । चिनियाँ पर्यटकको आगमनसँगै पोखरामा प्याराग्लाइडिङमा रमाउने पर्यटक पनि बढेका छन् । कोभिडपछि विस्तारै गति लिन थालेको पोखराको प्याराग्लाइडिङ व्यवसाय मंगलबार भने कोभिड पछिकै सबैभन्दा धेरै विदेशी पर्यटकले उडान भरे । 

पोखराको मान्द्रेढुंगा र पामे क्षेत्रको आकाशका मंगलबार विभिन्न रंगका प्याराग्लाइडिङले भरिएका थिए । विमान चार्टर गरी नेपाल घुम्न आएका एक १८० जना चिनियाँ पर्यटकमध्ये मंगलबार ८७ जना चिनियाँ पर्यटकले प्याराग्लाइडिङ गर्दा रमाइलो दृश्य देखिएको हो।

कोभिड अघि चिनियाँ पर्यटक प्याराग्लाइडिङकै लागि पनि पोखरा आउने गर्दथे । चिनियाँ पर्यटकको आगमन पुन: सुरूभएसँगै  प्याराग्लाइडिङलगायत पर्यटन व्यवसाय चलायमान हुने विश्वासमा पर्यटन व्यसायी रहेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए । 

null

पोखराको आकाशम मंगलबार २४९ जनाले प्याराग्लाइडिङ गरेको र तिमध्ये १७५ जनाले विदेशी रहेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए । तिमध्ये ग्रुपमा आएका ८७ जना चिनियाँले प्याराग्लाइडिङ गरेका हुन् ।

कोभिडपछि पहिलो पटक यति ठूलो संख्यामा चिनियाँ पर्यटक पोखरामा आएको खुशीयालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्याराग्लाइडिङ टेकअप हुने स्थान मान्द्रेढुंगामा पुगेर चिनियाँ पर्यटकलाई स्वागत गरेका थिए । पोखराका पर्यटन व्यवसायीले पनि चिनियाँ पर्यटकलाई स्वागत गरेका थिए । 

पोखराको आकाशमा प्याराग्लाइडिङ गरेपछि चिनियाँ पर्यटक यु हुङगुनले पहिलो पटक प्याराग्लाइडिङमा उडेको अनुभव निकै रमाइलो भएको सुनाइन् । पहिलो पटक नेपाल आएकी उनि फेरी पोखरा आएर प्याराग्लाइडिङमा रमाउने इच्छा रहेको पनि बताइन् । चिनियाँ पर्यटकलाई स्वागत गर्न गएका मुख्यमन्त्री अधिकारीले पनि मंगलबार प्याराग्लाइडिङ गरे ।

जनवरी १ देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको सराङ्कोटबाट उडान भएर फेवाताल किनारमा अवतरण हुँदै आएको प्याराग्लाइडिङ सराङकोट देखि ५ किलो मिटर पर मान्द्रेढुंगामा सरेको छ । 

null

मान्दे्रढुंगाबाट उडान भएको प्याराग्लाईडिङ फेवाताल देखि करिब ५ किलोमिटर परको पोमको सिरानमा अवतरण गर्ने गरी संचालन भइरहेको नेपाल हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले बताए । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यानले) यो निणर्य गरेको हो । 

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए पनि पोखराबाट कहिले देखि अन्तर्राष्ट्रिय उडान सुरु हुने हो भन्ने भने अझै एकीन छैन् । प्याराग्लाइडिङ साहसिक गतिविधिमा रुचि रख्ने स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । 

पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् । तिमध्ये अहिले ५० वटा सञ्चालनमा रहरेका छन् । प्याराग्लाइडिङको सुरुको दिनहरूमा विदेसी प्यारापाइलोटबाट धानीएको व्यवसाय अहिले नेपाली प्यारापाइलोटले लिएका छन् ।

पोखरामा तीन सय ७६ जनाले प्यारापाइलोटले उडान अनुमति लिएका छन् भने व्यवसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा एक अर्ब बराबरको लगानी रहेको व्यसायीले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.