आमा
![आमा](https://annapurnapost.prixacdn.net/media/albums/old-men_e2N0KFu6Nk_SvBs2JDOkc.jpg)
आमा सन्तानकी सृष्टिकर्ता सुन्दर संसार देखाउने
खोजेर कहीँ भेटिंदैन आमाजस्ती दयावती
प्रसूति व्यथा खप्दै मृत्युको साथमा जुध्यौ
बगाई प्रेमको धारा संसारको उच्च स्थानमा पुग्यौ
आमाकी पनि आमा हौ मातृ शक्ति बढाउने
आमा नै सन्तानको भोक तीर्खा मेटाउने
आमा नै हुन् सन्तानलाई राम्रो बाटो देखाउने
सुखमा स्वर्गै हुन् आमा दुःखमा सहारा दिने
रोगमा वैद्य हुन् आमा धामीझाँक्री सबै हुने
आमादेवी स्वयं पूज्य अरु छैन यिनी सरी
मातृ ऋण चुकाउन सकिँदैन कसै गरी
तीर्थभन्दा ठूली हुन् आमा शिर झुकाउ हामी सधैं भरि।
- पवित्रा मिश्र
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)