इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार

इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बालसाहित्य लेखन पुरस्कार

काठमाडौं : बालसाहित्यकार इन्द्र चौधरी 'नेबासास बालपुस्तक लेखन पुरस्कार'बाट पुरस्कृत भएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमको अवसरमा आइतबार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रुपमा पुरस्कार प्रदान गरे। 

चौधरीलाई २०७९ सालमा रुप टु रिडद्वारा प्रकाशित 'नयाँ वनपाले' (प्रकाशित पहिलो र कथा दोस्रो) बालचित्र पुस्तकका लागि २०७९ को ८ वर्षभन्दा कम उमेर समूहको बालपुस्तक लेखनका लागि सर्वोत्कृष्टताका लागि उक्त पुरस्कार प्रदान गरिएको हो। 

विगत ५ वर्षदेखि बालसाहित्य अनुवाद तथा लेखन गर्दै आएका चौधरीका हालसम्म ४ वटा बालचित्र कथाका पुस्तक प्रकाशित भएका छन् भने उनले अंग्रेजीबाट नेपाली र अंग्रेजी र नेपालीबाट थारू तथा रानाथारु भाषामा दर्जनौं बालकथा अनुवाद गरेका छन्। छोटो समयमा नै पुरस्कृत हुन पाउँदा निकै खुसी लागेको चौधरीले बताए। ‘छोटो समयमा नै सवोत्कृष्ट लेखनका लागि पुरस्कार पाउँदा निकै खुसी लागेको छ। यो मैले नसोचेको उपलब्धि हो,’ उनले भने, ‘यसले मलाई बालसाहित्यको क्षेत्रमा थप केही गर्ने ऊर्जा थपेको छ।’ 

आधा दशक सञ्चारकर्मीका रूपमा काम गरेका चौधरी रङ्गमञ्च हुँदै हालः शिक्षकका रूपमा कार्यरत छन्। पुरस्कार ग्रहणपछि चौधरीले कथालाई उत्कृष्ट बनाउनका लागि सम्पादकका रूपमा महत्त्वपूर्ण भूमिका निभाएका वरिष्ठ बालसाहित्यकार तथा आख्यानकार अनन्त वाग्ले र आकर्षक चित्र बनाउने अनुश्री लामालाई धन्यवाद व्यक्त गरे। 

उनले भने, ‘पुस्तक सर्वोत्कृष्ट बनाउनमा यसका सम्पादक अनन्त वाग्ले र चित्रकार अनुश्री लामाजीको महत्त्वपूर्ण भूमिका छ।’ साथै उनले आफ्नो लेखनलाई मूल्यांकन गरी पुरस्कारका लागि योग्य ठानेकोमा मूल्यांकन समितिलाईसमेत धन्यवाद दिए। 

चौधरीसँगै लेखनतर्फ सिर्जना राईले २०७९ सालको ८ वर्षभन्दा माथिका उमेर समूहका लागि, कवि मित्रलाल पंगेनी २०७८ सालको ८ वर्षभन्दा मुनिका उमेर समूहका लागि र हरि खनाल २०७८ सालकै ८ वर्षभन्दा माथिका उमेर समूहका लागि पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, चित्रांकनतर्फ २०७८ का लागि कलाग्रज बी र २०७९ का लागि कृषा ताम्राकार पुरस्कृत भएका छन्। साथै, प्रकाशन गृहलाई पनि पुरस्कृत गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.