पञ्चोदय पहिलो, त्रिभुवन दोस्रो

पञ्चोदय पहिलो, त्रिभुवन दोस्रो
फाइल तस्बिर।
सुन्नुहोस्

धनगढी : यसपालि धनगढी उपमहानगरपालिकाले आफ्नै निगरानीमा गरेको आधारभूत तहको परीक्षा र मूल्यांकनमा वडा नम्बर ५ मा रहेको पञ्चोदय मावि हसनपुर पहिलो र वडा नम्बर ३ मा रहेको त्रिभुवन मावि बोराडाँडी दोस्रो भएको छ। 

यसपालिको नतिजामा पञ्चोदय मावि हसनपुर धनगढीको सबैभन्दा बढी ५१ प्रतिसत विद्यार्थी पास भएका छन्। पञ्चोदयबाट २ सय ३५ जनाले आधारभूत तहको परीक्षा दिएकोमा १ सय २१ जना विद्यार्थी पास भएका छन्। ‘पालिका भरमा यो नतिजा पहिलो हो’, धनगढी उपमहानगरपालिकाका विद्यालय निरीक्षक अकबर चन्दले भने।

यस्तै धनगढीको वडानम्बर ३ मा रहेको त्रिभुवन मावि दोस्रो भएको छ। यस विद्यालयबाट ८२ जनाले आधारभूत तहको परिक्षा दिएकोमा २४ जना पास भएका छन्। यो २९ प्रतिशत नतिजा हो। ‘नतिजामा चित्त त बुझेको छैन, तर पालिका भरी हाम्रो विद्यालय दोस्रो स्थानमा आएको छ’, त्रिभुवन मावि बोराडाँडीका प्रधानाध्यापक सीताराम अवस्थीले भने। 

पञ्चोदय मावि र त्रिभुवन माविमा अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ। सामुदायिक विद्यालयतर्फ वडा नम्बर १६ मा रहेको शिव मावि रामपुरको १३ प्रतिशत, वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय मावि कैलाली गाउँको १२ प्रतिसत र वडा नम्बर १४ मा रहेको पञ्चोदय मावि बी गाउँको १० प्रतिसत नतिजा आएको छ। यी विद्यालयहरू क्रमशः तेस्रो चौथो र पाँचौं भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.