चितवनको नयाँ किरण कमल कुसुम मावि मतदान केन्द्रको मतदान अवरुद्ध

चितवनको नयाँ किरण कमल कुसुम मावि मतदान केन्द्रको मतदान अवरुद्ध
तस्बिर : अनिल ढकाल

चितवनः चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले बुथ अबलोकन गर्न जाँदा भरतपुर ११ मा आफूहरुमाथि आक्रमण भएको बताए ।

रवि लामिछाने मतदानस्थल पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए । रविका समर्थकले नाराबाजी गरेपछि अन्य दलका समर्थकहरूले मतदान भइरहेका बेला नाराबाजी गर्न नपाइने बताएपछि विवाद सृजना भएको थियो। त्यसपछि करिब १ घन्‍टा मतदान स्थगित भएको थियो।

सर्वदलीय बैठक बसेर मतदान सञ्चालन गर्ने तयारी भइरहेका बेला  कांग्रेस र नेकपा एमालेले प्रतिनिधि बस्न मानेनन्। प्रतिनिधिविना मतदान सञ्‍चालन गर्न खोजेपछि कांग्रेस र एमालेले अवरोध गरेपछि अहिले मतदान रोकिएको हो।

मतदान प्रक्रिया सुरू गर्नेबारे छलफल भइरहेको छ।

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.