अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रियसभा बैठक वैशाख १३ गते
काठमाडौंः राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ। अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रिय सभा बैठक बैशाख १३ गते बोलाइएको हो। यसअघि वैशाख ५ गते बैठक बसेको थियो।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएका हुन्। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गदै बैठक बस्ने बारे जानकारी दिएका हुन्। हाल राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रूसमा छन्।
प्रतिक्रिया दिनुहोस !