तनहुँ र चितवनमा शानदार मत प्राप्त गरेको रास्वपा बारामा चौथो

तनहुँ र चितवनमा शानदार मत प्राप्त गरेको रास्वपा बारामा चौथो
सुन्नुहोस्

कलैया : तनहुँ १ र चितवन २ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारामा भने चौथो स्थानमा छ। तनहुँमा डा. स्वर्णिम वाग्ले  १४ हजार ७९७ मतान्तरले विजयी भइसकेका छन् भने सभापति रवि लामिछाने ४३ हजार १०३ मतसहित फराकिलो मतान्तरले अगाडि छन्। 

तर बारा-२ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार ८८३ मतले चौथो स्थानमा छन्। उनीभन्दा अगाडि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा दोस्रो र एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन्। 

खरेलले कोल्हबी नगरपालिकाको८ नम्बर वडामा अग्रता लिँदा, गणना भएको अन्य वडामा प्रतिस्पर्धात्मक मत पाएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.