धौलागिरि आधार शिविरमा बेपत्ता राई मृत फेला

धौलागिरि आधार शिविरमा बेपत्ता राई मृत फेला
फाइल तस्बिर।
सुन्नुहोस्

जोमसोम : धौलागिरी आधार शिविरमा गत शुक्रबारदेखि बेपत्ता पर्यटक ट्रेकिङ भरियाको शव ५ दिनपछि फेला परेको छ। धौलागिरी बेसक्याम्पको स्वीस क्याम्पमाथि झन्डै ५ हजार मिटर उचाइको जापानिज बेसक्याम्प नजिक ट्रेकिङ भरियाको शव भेटिएको हो।

सेभेन समिट ट्रेक मार्फत विदेशी पर्यटकको ट्रेकिङ कम्पनीको भारी धौलागिरी बेस क्याम्प पुर्‍याएर फर्किने क्रममा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका वडा नं.१ नुथला निवासी २० वर्षीय अमृत राई हिमपहिरोमा परी बेपत्ता भएका थिए। भरिया टोली सदस्यमा बेपत्ता धिरज राई र अर्जुन राई दोश्रो दिन शुक्रबार नै सेभेन समिट ट्रेकिङ कम्पनीको सम्पर्कमा आएका थिए।

धौलागिरी बेसक्याम्प क्षेत्रमा बेपत्ता राईको सोमबार एभरेष्ट एअरको हेली मार्फत खोजतलास गरिएको थियो। खोजी कार्यमा म्याग्दीका पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचन र बेपत्ता भइ सम्पर्कमा आएका धिरज राई तथा अर्जुन राई खटिएका थिए। 

उनीहरुले ५ दिनदेखि बेपत्ता अमृत राईको शव जापानिज बेस क्याम्पमा देखेका थिए। तर, मौसम प्रतिकुलताका कारण भेटिएको शव उठाउन समस्या परेपछि मंगलबार बिहान एभरेष्ट एअरको हेलीमार्फत शवको उद्दार गरिएको पर्यटनकर्मी शेरचनले जानकारी दिए। 

शेरचनका अनुसार जापानीज बेसक्याम्पबाट हेलीमा शव राखेर म्याग्दीको धौलागिरी गाउँपालिका-७ ताकममा ल्याएर त्यहाँबाट पोर्सपार्टमका लागि बेनी लगिएको जानकारी दिए। उनले बेपत्ता मृत शवको जिल्ला प्रहरी कार्यालय म्याग्दीको रोहबरमा कानुनी प्रक्रिया प"रा गरी काठमाडौं लैजाने तयारी भइरहेको बताए।

यसअघि म्याग्दीको धारापानीबाट ट्रेकिङको भारी लिएर भरिया टोली धौलागिरी बेसक्याम्पमा पुगेका थिए। फर्किंदा प्रतिकुल मौसम र हिमपातका कारण उनीहरु बेपत्ता भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.