कांग्रेस संसदीय दलको बैठक : शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्नेमा सांसदको जोड
काठमाडौं : नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा आफ्ना सांसदसँग सुझाव लिएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार र मंगलबार दुई दिन बसेको संसदीय दलको बैठकमार्फत कांग्रेसले बजेटका विषयमा सुझाव संकलन गरेको हो ।
बजेटमा पछि परेका वर्ग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने,शिक्षा स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने सन्तुलित आउनुपर्नेमा सांसदहरूको जोड गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
त्यस्तै कांग्रेस सांसदहरूले सांसद विकास कार्यक्रममा जोड दिएका थिए भने बैठकमा अर्थमन्त्री डा .प्रकाशशरण महतले बजेटका लागि स्रोत र साधनको अभाव रहेकाले बजेटका सिद्धान्त र प्राथमिकताका साथै आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने बताएको लेखकले जानकारी दिए।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेको छ।
प्रतिक्रिया दिनुहोस !