संसदीय समिति गठनमा ढिलाइ,भोलिसम्म नाम पठाउन सभामुखको आग्रह

संसदीय समिति गठनमा ढिलाइ,भोलिसम्म नाम पठाउन सभामुखको आग्रह
सुन्नुहोस्

काठमाडौं : संसदीय सुनुवाइलगायतका विषयगत समिति गठनमा ढिलाइ हुने भएको छ । प्रमुख तीन दलले सांसदहरूको नाम नपठाएपछि संसदीय सुनुवाइलगायतका समिति गठनमा ढिलाइ हुने भएको हो ।

आज तीन बजे डाकिएको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची थियो।

संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरूले आफ्ना प्रतिनिधिको नाम दिएनन् । सभामुख देवराज घिमिरेले भोलि बिहीबारसम्म नाम दिन आग्रह गरेका छन् ।

सभामुख घिमीरेले भने,‘तपाईंहरूले नाम (संयुक्त,विषयगत,विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

उनले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नै पर्ने बताए । घिमिरेले भने,‘संसदमा उठेका विषयमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेका छौं । आज पनि गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्दै हुनुहुन्छ ।’

प्रमुख राजनीतिक दलहरूबीच संसदका विषयगत समितिको भागबण्डामा सहमति भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.