१२ ओभरमा कतारले बनायो ३७ रन

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा नेपालविरुद्ध एक सय ५८ रनको लक्ष्य पछ्याइरहेको कतारले १२ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३७ रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४०।३ आभेरमा सबै विकेट गुमाएर एक सय ५७ रनको योगफल तयार गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको कतारका लागि जहिर इब्रामिहले १५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन्।
नेपालका लागि सोमपाल कामीले दुई तथा ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्।
नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। तर, आजको खेलमा जित निकाले नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्ने छ।
कतारको अन्तिम चारमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !
