चितवन २ मा पराजित जीतनारायण भन्छन्- अब वडा वडामा आउँछु

चितवन २ मा पराजित जीतनारायण भन्छन्- अब वडा वडामा आउँछु
सुन्नुहोस्

चितवन : हालै सम्पन्न उपनिर्वाचनमा चितवन-२ मा पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले पराजयले आफ्नो यात्रा नरोकिने बताएका छन्। राजनीतिक यात्रा आरम्भ गरेदेखि जनताको पक्षमा लड्दै हिँडेको बताउँदै निर्वाचनको पराजयले आफ्नो राजनीतिक यात्रा कमजोर नभई झन् बलियो भएको बताए। 

कांग्रेस चितवनको पार्टी कार्यालयमा उपस्थित पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले निर्वाचन क्षेत्रमा आफू सधैं पुग्ने बताए। ‘जीतनारायण हार्‍यो अब आउँदैन होइन, हिजो जीतनारायण हार्‍यो अब धेरै पटक आउँछ। वडावडामा आउँछ,’ उनले भने। उनले अफ्ठ्यारोमा भाग्ने मान्छे कायर भएको भन्दै आफू नभाग्ने बताए। 

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित भएका थिए। लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ हजार २५१ मतमात्रै ल्याएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.