झापामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

झापामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

दमक नगरपालिका-९ स्थित बरगाछीमा शनिबार राती साढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र-१-०१-०१५ प ४२५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८५२३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।

झापा : झापामा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्। 

दमक नगरपालिका-९ स्थित बरगाछीमा शनिबार राती साढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र-१-०१-०१५ प ४२५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८५२३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो। 

दुर्घटनामा परी मोटरसाइकल चालक उर्लाबारी नगरपालिका-३ निवासी ३० वर्षीय विवेक धिमाल र स्कुटर चालक सोही ठाउँका ३४ वर्षीय सोबित तामाङ घाइते भएका थिए। 

घाइतेमध्ये मोटरसाइकल चालक धिमालको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

स्कुटर चालक तामाङको उपचार भइरहेको छ। यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधन नियन्त्रणमा लिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.