सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिनेबारे निर्णय गर्न रास्वपा बैठक सुरू
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धरामा बैठक सुरू भएको हो। बैठकमा सरकारलाई दिएको समर्थन,समसामयिक राजनीति र संसदीय दलको नेता चयनबारे छलफल गरिने केन्द्रीय कमिटी सदस्य मुकुल ढकालले अन्नपूर्णलाई जानकारी दिए।
उनले आजको बैठकबाट संसदीय दलको नेतामा रवि लामिछानेलाई चुन्ने तयारी भएको बताए।
नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो। लामिछाने चितवन-२ बाट पुननिर्वाचित भएपछि अर्यालले संसद दलको उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए।
प्रतिक्रिया दिनुहोस !