तीन महिनापछि बल्ल निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

तीन महिनापछि बल्ल निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

धनकुटा : पाख्रिवास नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोर्ख बहादुर तामाङलाई दिएको छ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत अधिकृत हाजिर नभएसम्म नगरपालिकामै कार्यरत अधिकृतस्तर छैठौं तहका तामाङलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रमा नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी तामाङलाई निमित्तको जिम्मेवारी दिइएको उल्लेख छ।

सामान्य प्रशासन मन्त्रालयले चैतमा एकै महिना तीन प्रमुख प्रशासकीय अधिकृतलाई खटाए पनि उनीहरू नगरपालिका नटेकी माथि माथिबाटै सरुवा मिलाएका थिए। 

मन्त्रालयले पठाउने तर माथि माथि मिलाएर अन्यत्र जाने गर्नाले पाख्रिवास फागुन पहिलो सातादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको थियो। जसको कारण स्थानीय सरकारका अधिकांश काम ठप्प भएका थिए। 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा गरिने कतिपय ठेक्काको काम खुलेका थिएनन्। कतिपय ठेक्का स्वीकृत भए पनि सम्झौता हुन सकेनन्। उपभोक्ता समितिमार्फत हुने कामको लागत स्टिमेटको सम्झौता भएको छैन। 

आर्थिक अधिकारसहितको निमित्त नहुँदा दैनिक प्रशासनिक कामबाहेक केही काम हुन सकेको थिएन। यहाँका कर्मचारीले माघदेखि तलब पाएका छैनन्। नगरपालिकाभरिका शिक्षकले पनि तेस्रो त्रैमासिक वापतको तलब लिन पाएका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.