टाढा छैन हेटौंडा–काठमाडौं

टाढा छैन हेटौंडा–काठमाडौं
फाइल तस्बिर।
सुन्नुहोस्

तराईका जिल्लालाई राजधानीसँग जोड्ने यो छोटो दूरीको राजमार्ग ‘रणनीतिक रुपमा’ पनि महत्वपूर्ण मानिन्छ।

बागमती प्रदेश राजधानी हेटौंडालाई केन्द्र राजधानी काठमाडौंसम्म जोड्ने कान्ति लोकपथ ९० किलोमिटरको छ । यो राजमार्ग बने हेटौंडाबाट ४ घण्टामै काठमाडौं पुगिनेछ। राजा महेन्द्रले २०१३ सालमै शिलान्यास गरेको यो राजमार्ग अझै बन्न सकेको छैन। तराईका जिल्लालाई राजधानीसँग जोड्ने यो छोटो दूरीको राजमार्ग ‘रणनीतिक रुपमा’ पनि महत्वपूर्ण मानिन्छ। 

कान्ति लोकपथको ९० प्रतिशत काम सम्पन्न भएको छ। नेपाली सेनाले २०१६ सालमा यो राजमार्गको ट्रयाक खोलेको थियो। ट्रयाक खुलेपछि राजा महेन्द्र स्वयंले हेटौंडाको बुद्धचोकदेखि आफैं जिप चलाएर ललितपुरको टीकाभैरवसम्मको यात्रा गरेका थिए। 

यो सडकलाई तराईसँग हेटौंडा हुँदै राजधानी काठमाडौं जोड्ने महत्वपूर्ण मार्गको रूपमा स्तरीकरण गर्न सरकारले धमाधम काम गरिरहेको छ। त्रिभुवन राजपथको लम्बाइ १ सय ५८ किलोमिटर, हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग ८५ किलोमिटर र मुग्लिङ–नारायणगढ राजमार्गअन्तर्गत २ सय २३ किलोमिटर रहेकाले पनि यो लोकपथलाई निकै महत्वका साथ सरकारले स्तरोन्नति गरिरहेको छ। 

वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिई छुट्टैै योजनाका रुपमा काम अघि बढाएको थियो। दक्षिण कोरियाको हुन्डाई इन्जिनियरिङ कम्पनीले असोज २०६० मै यो योजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) सरकारलाई 

बुझाएपनि राजधानी काठमाण्डौंलाई बाराको निजगढ जोड्ने दु्रतमार्ग र हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङ मार्गको अवधारणाले यो योजना ओझेलमा परेको थियो। यद्यपि पछि भने राजधानी काठमाडौंसम्म पुग्न साँघुरो–घुमाउरो बाटोको अलवा धेरै समय सवारी यात्रा गर्नुपर्ने यात्रुहरूको बाध्यताकारी अवस्था अन्त्य गर्न ट्रयाक उद्घाटन भएको पाँच दशकपछि सडक फराकिलो बनाउँदै स्तरीकरणको काम अघि बढाइएको हो। निर्माणाधीन सडक मार्गको कुल लागत ३ अर्ब ३३ करोड रहेकोमा हालसम्म २ अर्ब ९० करोड सरकारले खर्च गरिसकेको छ। जम्मा कुल लम्बाइ ९० किलोमिटर रहेकोमा हालसम्म ७४ किलोमिटर काम सम्पन्न भएको कान्तिलोकपथ आयोजनाका प्रमुख सुरेश न्यौपानेले बताए। बाँकी काम ललितपुरको कल्ते भीर लगायत ८ ठाउँमा पहिरो जाने क्षेत्र छ । कतिपय ठाउँमा विस्फोटक पदार्थले ढुंगा फुटाउनुपर्ने भएता पनि अबको २ वर्षभित्र निर्माण कार्य सम्पन्न हुुने उनले बताए। हाल ३ ठाउँमा प्याकेज बनाएर दु्रत गतिमा काम भइरहेको भन्दै पछिल्लो समय सरकारले त्यति ध्यान नदिएकोमा भने उनले गुनासो गरे। 

अब बाँकी काम सम्पन्न हुन करिब १ अर्ब ४७ करोड लाग्छ । ‘अर्थ मन्त्रालयमा उक्त रकमको माग सहित पत्र पठाएको थियौ’, आयोजना प्रमुख न्यौपानेले भने, ‘त्यति रकम हाल दिनसक्ने स्थिति नरहेको बताएपछि पुनः अर्थ मन्त्रालयमा बहुवर्षीय ठेक्का हुने गरी ६६ करोडको स्टिमेट सहमतिका लागि गत साउनमा पत्र पठाएको थियो। तर, हालसम्म स्वीकृति भएको छैन। ’ उक्त रकम प्राप्त भएमा २ वर्षभित्र कान्तिलोकपथ ‘डबल लेन’ सहित सडक सञ्चालनमा आउने उनले बताए। यो सडकखण्डमा ८ ठाउँमा पहिरो जाने क्षेत्र पर्दछन्। ती ठाउँमा पहिरा नियन्त्रण गर्न, फराकिलो बनाउने बढी खर्च हुने आयोजनाको भनाइ छ। 

पछिल्लो समय राज्यको ठूलो धनराशी इन्धन आयातमा खर्च हुने गरेको भन्दै यो सडक निर्माण सम्पन्न भएपछि हेटौंडा काठमाडौं यात्रा चार घण्टामा छोट्टिनेछ। 

यातायात भाडादर घट्ने र इन्धन आयतमा पनि कमी हुने बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले बताए। ‘यो आयोजना निकै महत्वपुर्ण रहेको छ, यसले हेटौंडा बजारबाट चौघडा, मकवानपुरगढी, ठिंगन, बागमती हुँदै ललितपुरको बगुवा, तीनपाने, टीकाभैरव, चापागाउँ सातदोबाटोसम्म पुग्छ’, उनले भने, ‘अहिलेको युगमा सकसपूर्ण र लामो 

यात्रा गर्न कसैले पनि चाहदैन्न। यो बाटो हुँदै भारतबाट आयात हुने सरसामानहरू, तराईका जिल्लाहरू र मकवानपुरमा उत्पादन हुने सामानहरू यहीबाटो हुँदै लान सक्नेछन्। ढुवानी भाडा, इन्धन, समयको बचत लगायत सबै कुराको बचत हुने भएकाले यो आयोजना सम्पन्न गर्न सबै मिलेर विशेष गरेर राज्यले आफूसँग भएको सबै संयन्त्रहरू परिचालन गरेर भनेपनि सम्पन्न गर्नुपर्छ। यो आयोजनाको ९० किमी सडकमध्ये ५० किमि मकवानपुरमा पर्छ भने बाँकी ललितपुरमा पर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.