गठबन्धन बैठक बस्दै, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल हुने
काठमाडौं : सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस विज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिए।
बैठकमा मन्त्रिपरिषद् विस्तार,समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुनेछ। यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने जनाइएको छ।
सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ। त्यसका लागि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेका छन्।
पूर्वसहमतिअनुसार गृहमन्त्रालय पाएमा सरकारमा जाने रास्वपाले जनाएको छ। सो विषयमा टुंगो लगाउन रास्वपाले शुक्रबार पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाएको छ।
सत्ता गठबन्धन दलमा विवादका कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकलाई पूर्णता दिन सकेका छैन।
प्रतिक्रिया दिनुहोस !