राष्ट्रपतिबाट मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अध्यादेश जारी
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० अध्यादेश जारी भएको बताए।
यो अध्यादेशअनुसार मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न थप मद्दत पुग्ने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लिलाकान्त पौडेलले जानकारी दिए।