मकवानपुरमा ट्राफिक नियम उल्लंघनको घटना बढ्यो

मकवानपुरमा ट्राफिक नियम उल्लंघनको घटना बढ्यो
सुन्नुहोस्

हेटौंडा : मकवानपुरमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा  ३२ हजार ८९ वटा सवारी साधनलाई कारबाही गरिएको छ। 

ती सवारी साधनलाई कारबाही गर्दा कार्यालयले ९ महिनामा २ करोड ४५ लाख ८९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ। 

कार्यालयले गत साउनमा २४ लाख ६ हजार ५ सय रुपैयाँ, भदौमा २५ लाख ४९ हजार रुपैयाँ, असोजमा २५ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो। 
कात्तिकमा २९ लाख ७५ हजार ५ सय रुपैयाँ, मंसिरमा २२ लाख ५२ हजार ५ सय रुपैयाँ, पुसमा २९ लाख १० हजार रुपैयाँ, माघमा ३० लाख ४७ हजार ५ सय रुपैयाँ, फागुनमा २७ लाख ९९ हजार ५ सय रुपैयाँ र चैत महिनामा ३० लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरिक्षक बसन्त आचार्यले बताए। 

यसअघि कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ८ लाख ९१ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ४५ लाख ८८ हजार ५ सय रुपायाँ र आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ३६ लाख ९० हजार ५ सय राजश्व संकलन गरेको थियो। 

चालु आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा संकलन भएको राजश्व गत वर्षहरूको तुलनामा सबैभन्दा बढी हो। 

कार्यालयले सवारी नियम उल्लंघन गर्ने मादकपदार्थ सेवन गरि सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने सार्वजनिक यातायातहरूलाई कारबाहीको प्रक्रियामा ल्याई कारबाही गर्ने गर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.