राष्ट्रपतिको नजरमा पर्‍यो देशको जेठो गुरुकुल

राष्ट्रपतिको नजरमा पर्‍यो देशको जेठो गुरुकुल
सुन्नुहोस्

काठमाडौं : देशको जेठो गुरुकुल राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीले राष्ट्रपति कार्यालयबाट ४५ लाखको भवन पाएपछि बटुकहरू खुसी भएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गुरुकुलले चार कोठे भवन पाएको हो। भौतिक पूर्वधारको अभावमा गुरुकुलले पठनपाठनमा समस्या खेप्दै आएको थियो। 

वि.सं. १७७५ मा लक्ष्मीनारायण मठका मठाधिस रामलला दास (तस्मैया बाबा)का शिष्य जयकृष्ण दासले संस्कृत पाठशालाको नामले स्थापना गरेका थिए। जुन गुरुकुलले वालागुरु षडानन्दजस्ता विद्वानहरू जन्माएको थियो। तर, सरकारको नजरमा पर्न सकेको थिएन। डेढ वर्षअघि तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारी गुरुकुलको भ्रमण गरेकी थिइन्। उनले देशको जेठो गुरुकुलको संरक्षण, सम्बर्द्धन र विकासका लागि चासो लिएकी थिइन्। ओझेलमा परेको गुरुकुलबारे अन्नपूर्ण पोस्ट्ले खोजी रिपोटिङ गरेको थियो। त्यसपछि गुरुकुलको संरक्षण सरकार जुटेको हो। 

गुरुकुलमा देशभरिका १ सय ५० जना बटुकहरू शिक्षादीक्षा लिइरहेका छन्। ७५ जना वटुकहरुको बसाई गुरुकुलको छात्राबासमा छ। तीन शताव्दी पुरानो गुरुकुलका वटुकहरु अवास, कक्षा कोठा र भोजनको अभाव खेप्दै आएका छन्। भवन निर्माणपछि अध्यनअध्यापनमा सहयोग पुग्ने प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलले बताए ।  ढिलै भएपनि सरकारले देशको शैक्षिक धरोहरमा लगानी गरेकोमा उनले खुसी व्यक्त गरे।

एक समारोहकाबिच मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले भवनको शिल्यान्यास गरेका छन्। असार मासान्तभित्रमा भवनको निर्माण कार्य पूरा हुने मटिहानी नगरपालिकाका इन्जिनियर बिमलेश साहले बताए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६  अनुसार सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न गर्न यो कार्यक्रम लागु गरिएको छ। सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले लिएको छ । यसै अनुरुप गुरुकुललाई बजेट दिएको हो।

नेपालकै सबभन्दा पुरानो संस्कृत विद्यालयको रुपमा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालयलाई सरकारले अध्ययन, अनुसन्धानको थालोको रुपमा विकास गर्नु पर्नेमा मेयर मण्डलले जोड दिए। ‘गुरुकुलले हिमाल, पहाड, तराईको समाजिक सम्बन्धलाई जोड्दै आएको छ। यसको ओजलाई अझै बढाउँदै लान आवश्यक छ ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.