कांग्रेस नेता बलायरले दिए पत्रकारलाई ठेगान लगाउने धम्की

कांग्रेस नेता बलायरले दिए पत्रकारलाई ठेगान लगाउने धम्की
सुन्नुहोस्

धनगढी : सामुदायिक वनमा पार्टीको क्षेत्रीय कार्यालय शिलान्यास गरेको समाचार प्रकाशन भएपछि नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का संघीय सांसद बीरबहादुर बलायरले पत्रकारहरूलाई कार्यकर्ता लगाएर ठेगान लगाउने धम्की दिएका छन्।

कैलालीको गोदावरीमा कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्रीसमेत रहेका बलायरले पत्रकारहरूलाई कार्यकर्ता लगाएर ठेगान लगाउने धम्की दिएका हुन्। 
‘आज चौकीडाँडा (अतिक्रमण गरिएको क्षेत्र) चौकी डाँडा देखाएर चौतर्फीरूपमा नेपाली कांग्रेसलाई घेराबन्दी भइरहेको छ। आज भए नभएका कुराहरू लेखेर कांग्रेसमाथि आक्रमण भइरहेको छ। हिजोका दिनमा रवि लामिछानेले पनि पत्रकारका बारेमा बोलेका थिए। पत्रकारहरू, तपाईँ मेरो पार्टीको कार्यकर्तालाई बोल्न बाध्य बनाउनुभयो भने मेरो कार्यकर्ताले कुन भाषा र शैलीमा तपाईँहरूसँग सम्बाद गर्नेछ याद गर्नु होला,' बलायरले भने।

 
उनले पार्टीको भवन शिलान्यासको भवनको समाचारलाई पीत पत्रकारिताको संज्ञा दिए। ‘जे पायो बध गरेर, मानिसको बध गरेर, जनताको मतसँग नसकेर पत्रकारको नाममा पीत पत्रकारितालाई समाप्त गर्ने अभियान पनि हुनसक्छ। अर्का माथि जाइलाग्ने कुनै पार्टीको सदस्य बन्ने हो, कुनै अमुक पार्टीलाई बलियो बनाउने अभियानमा हिन्नुभयो भने पत्रकार होइन, हामीले पार्टीको कार्यकर्ता सम्झिने छौं। त्यहीअनुसार पार्टीको कार्यकर्ताको ब्यवहार गर्नेछौं। याद गर्नुहोला नोटिस गर्नुहोला,' उनले भने। 

सुकुम्बासीलाई बन क्षेत्र कब्जा गरेको भन्दै हटाएकै भोलिपल्ट पूर्वमन्त्री समेत रहेका बलायरले कैलाली क्षेत्र नम्बर ४ मा पर्ने गोदावरी नगरपालिका-१ स्थित सुरक्षा महिला सामुदायिक बनमा पार्टीको क्षेत्रीय कार्यालय (बीपी स्मृति प्रतिष्ठान)को शिलान्यास गरेका थिए। पार्टीको क्षेत्रीय कार्यालय शिलान्यास गरेको उनले आफ्नै फेसबुकबाट पनि सार्वजनिक गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.