पाख्रिवासमा कर्मचारी तलब तथा योजनाको भुक्तानी सुरु

पाख्रिवासमा कर्मचारी तलब तथा योजनाको भुक्तानी सुरु
सुन्नुहोस्

धनकुटा : धनकुटाको पाख्रिवास नगरपालिकामा कर्मचारी तलब तथा योजनाको भुक्तानी सुरु भएको छ। 

आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी सरकारले नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाएपछि कर्मचारीको तलब तथा सम्पन्न योजनाको भुक्तानी सुरु भएको हो। 

नगरपालिकामै कार्यरत अधिकृत स्तरका छैठौं तहका गोर्खबहादुर तामाङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत अधिकृत हाजिर नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी निमित्तको जिम्मेवारी दिएपछि माघदेखि ठप्प आर्थिक कारोबार खुलेको हो।

कर्मचारीले माघ यता तलब पाएका थिएनन्। आर्थिक कार्य खुले लगत्तै नगरपालिका भरि कार्यरत कर्मचारी, विद्यालय शिक्षक तथा स्वास्थ्यकर्मीहरूले तलब पाएका छन्। 

सामाजिक सुरक्षा भत्ताको त्रैमासिक निकासा समेत हुन थालेको नगरपालिका लेखापाल मातृका धितालले बताए। उनका अनुसार सम्पन्न योजनाको भुक्तानीको काम धमाधम भइरहेको छ।  

सामान्य प्रशासन मन्त्रालयले चैतमा एकै महिना तीन प्रमुख प्रशासकीय अधिकृतलाई खटाएपनि उनीहरू नगरपालिका नटेकी माथि माथिबाटै सरुवा मिलाएका थिए। 

मन्त्रालयले पठाउने तर माथि–माथि मिलाएर अन्यत्र जाने गर्नाले पाख्रिवास फागुन पहिलो सातादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको थियो। जसको कारण अधिकांश काम ठप्प भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.