संसदीय दलको बैठकमा ओलीको निर्देशन : संसद्मा प्रभावकारी भूमिका खेल्नुस्
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक जारी रहेको छ। एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओलीले आइतबार दिउँसो बसेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन्।
संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढन ओलीले पार्टीका सांसदहरुलाई सचेत गराएका छन्।
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो। बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ।
अर्थमन्त्री प्रकाशशरण महतले आजै नयाँ आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्दै छन्। संवैधानिक प्रावधान अनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा संसद्मा पेस गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !