हेटौंडामा बृहत् उद्यमशीलता प्रदर्शनी हुने

हेटौंडामा बृहत् उद्यमशीलता प्रदर्शनी हुने
सुन्नुहोस्

हेटौंडा : हेटौंडामा बृहत् उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ। 

स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूलाई बजारीकरणसँग जोडेर  प्रोत्साहन गर्ने उद्देश्यले आउँदो जेठ ५ गते प्रदर्शनी तथा नृत्य प्रतियोगिता आयोजना गर्न लगिएको हो। 

पछिल्लो समय देशमा देखापरेको आर्थिक मन्दीले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाले बजार नपाउने र युवाहरू विदेश पलायनको क्रमलाई निरुत्साहित पार्न सहयोग पुग्ने छ। 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। 

हेटौंडा उपमहानगरमा रहेका १९ वटा वडाबाट १९ वटा टोल विकास संस्था, सहकारी, विभिन्न समूह र व्यक्तिले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी गरिने वडा अध्यक्ष नविन सिग्देलले बताए। 

उक्त प्रदर्शनीका लागि एक वडा एक स्टल निःशुल्क उपलब्ध गराइने र  १९ वटै वडाको १/१ वटा सहभागी समूह मध्येबाट उत्कृष्ट हुने पहिलो समूहलाई २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १० हजार रुपैयाँसहित सम्मान गरिने वडाध्यक्ष नविन सिग्देलले बताए। 

यसअघि उपमहानगरमा बृहत् शैक्षिक मेला, राप्ट्रिय स्तरको खुला हास्यव्यंग्य कविता प्रतियोगितामा लगायतको कार्यक्रमहरू गर्दै आएको वडाले बृहत् उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता पुनः गर्न लागेको हो। 

नृत्य प्रतियोगितामा उपमहानगर भित्र रहेका वडाहरूबाट १९ वटा नृत्य समूहको सहभागिता रहने टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले बताए। 
नृत्य प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू बनाइसकिएको उनले बताए। सो प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३५ हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

सान्त्वना हुने दुई समूहले जनही १०/१० हजार रुपैयाँ नगर पुरस्कार प्राप्त गर्ने कार्यक्रम व्यवस्थापन मुल समितिका संयोजक राजेन्द्र चौलागाईंले बताए। 

यस्तै सो कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक बद्रि पंगेनीको विशेष सांगीतिक प्रस्तुति रहने कार्याक्रम मुल आयोजक व्यवस्थापन समितिको सह-संयोजक चन्द्रवती पनेरुले बताइन्। कार्यक्रममा ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.