मोरङमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति अर्कै

मोरङमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति अर्कै
स्कुटरलाई ठक्कर दिएको टिपर ।
सुन्नुहोस्

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकमा बुधबार दिउँसो टिपरको ठक्करले मृत्यु हुने स्कुटर चालक अर्कै व्यक्ति भएको खुलेको छ। 
प्रहरीका अनुसार दुर्घटनामा परेर झापाको अर्जुनधारा नगरपालिका–७ का ४२ वर्षीय जीवन दाहालको मृत्यु भएको हो। 

साथमा भेटिएको नागरिकताका आधारमा प्रहरीले मृतक उदयपुरको चौदण्डीगढी नगरपालिका–६ घर भइ मोरङको ग्रामथान–५ तेतरियामा बस्दै आएका ४६ वर्षीय चन्द्रकान्त काफ्ले भनेर जानकारी दिएको थियो। 

तर, आफन्तले मृतक काफ्ले नभइ झापाको अर्जुनधाराका दाहाल भएको जानकारी प्रहरीलाई गराएका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथमा भेटिएको नागरिकतामा मृतक चन्द्रकान्त काफ्ले भनिए पनि दुर्घटनामा अर्कै व्यक्तिको मृत्यु भएको खुलेको हो।

मृतकको साथमा भेटिएको नागरिकका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए। प्रहरीका अनुसार विराटनगर–विराटचोक सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख ७४०२ नम्बरको टिपरले दिउँसो ४:४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको थियो। 

तीव्र गतिमा रहेको टिपरले पछाडिबाट स्कुटरलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। टिपरका चालक ग्रामथान–१ का २८ वर्षीय सुरज माझीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। टिपर चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.