बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

विराटनगर : बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञका रूपमा परिचित मदन राई खोटाङबाट पक्राउ परेका छन्। खोटाङको दिक्तेल-रूपाकोट-मझुवागढी नगरपालिका-२ सोल्माका अन्दाजी ७५ वर्षीय राईलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। 

वृद्ध अवस्थाका राईमाथि सोल्मामा आफैँले खोलेको शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिकाहरूलाई बारम्बार यौन दुर्व्यवहार गरेको आरोप छ। 

फाउन्डेसनका संस्थापक राईले आफ्नो नग्न शरीर देखाएर बालिकाहरूमाथि अश्लिल हर्कत गर्ने, गोप्य अंगहरू छुन लगाउने, बालिकाका संवेदनशील अंग चलाइदिने, शारीरिक सम्पर्कका लागि दबाब दिने लगायतका गतिविधि गर्ने गरेको कुरा बाहिरिएको थियो। त्यसपछि उनलाई प्रहरीले निगरानीमा राखेको थियो। 

कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाको निर्देशनमा राईलाई दिउँसो १२ बजेतिर खोटाङ प्रहरीले पक्राउ गरेको हो। डीआईजी बास्तोलाले राईलाई नियन्त्रणमा लिएर पीडित पक्षले दिएको जाहेरीका आधारमा कानुनअनुसार कारबाही अघि बढाउन निर्देशन दिएका थिए। 

खोटाङ प्रहरी प्रमुख डीएसपी मञ्जील मुकारुङले फाउन्डेसनबाटै राईलाई पक्राउ गरिएको जानकारी दिए। अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान अघि बढाउने तयारी गरिएको मुकारुङको भनाइ छ। 

उनका अनुसार राईविरुद्ध यौन दुर्व्यवहार वा बाल यौन दुरुपयोग कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने निस्कर्षमा पुग्न बाँकी छ। 

‘बालिकाहरूलाई यौन दुव्र्यवहार गर्ने गरेको विषय सार्वजनिक भएपछि राईलाई पक्राउ गएिको हो,’ डीएसपी मुकारुङले, ‘प्रहरीको सम्पर्कमा आएकी १ जना बालिकाले उनीविरुद्ध लिखित जाहेरी दिएकी छन्।’ 

राईले यौन दुर्व्यवहार गर्ने गरेको विषयमा धेरै मौखिक गुनासाहरू लिएर बालिकाहरू आउने गरेको उनको भनाइ छ। ‘राईबाट पीडित हुनेको संख्या धेरै रहेको अनुमान छ,’ उनले भने, ‘हालसम्म संख्या यकिन नभएपनि पीडितहरूले किटानी जाहेरी दिने तयारी गरेका छन्।’ 

प्रहरीका अनुसार राईले सञ्चालन गरेको शुभम फाउन्डेसनले खोटाङमा जनजागृति उच्च माध्यमिक विद्यालय सञ्चालन गर्दै आएको छ। फाउन्डेसनले ९ वर्षअघि स्कुल सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हो। ‘विद्यालयमा अध्ययनरत अधिकांश बालबालिका फाउन्डेसनकै होस्टलमा बस्ने गरेको पाइयो,’ डीएसपी मुकारुङले भने, ‘होस्टलमा बसेका बालिकाहरूलाई राईले बारम्बार यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ 
राईले बालिकाहरूलाई लक्षित गरेर अश्लील हर्कत र दुर्व्यवहार गरेका धेरै प्रमाणहरू पनि प्रहरीले संकलन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.