शैक्षिक सुधारका लागि नगरपालिका र विद्यालयबीच ४२ बुँदे सम्झौता

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाले शैक्षिक सुधारका लागि विद्यालयहरूसँग ४२ बुँदे कार्य सम्पादन सम्झौता गरेको छ।
नगरपालिकाले २०८० लाई शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गर्दै उक्त सम्झौता गरेको हो। यी सम्झौतामा शैक्षिक सुधारका लागि विद्यालयले गर्नुपर्ने कार्यहरू समेटिएका छन्।
नगरपालिकाले गत वर्ष लिएको कक्षा ५ र ८ को परीक्षाको नतिजा सोचे अनुरूप नआएपछि उक्त कार्य अघि बढाएको हो।
नगरपालिकाले गत फागुन महिनामा नगर भित्रको विद्यालयको अनुगमन गरेको थियो। विद्यालयको समग्र अवस्थालाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर सुधारमा नगर लागिपरेको उपप्रमुख शिवबहादुर कुँवरले बताए।
नगरपालिकामा ६४ वटा सामुदायिक विद्यालयहरू छन्।
प्रतिक्रिया दिनुहोस !
