एमालेको केन्द्रीय कमिटी बैठक : छलफलमा उठेका प्रश्नको जवाफ ओलीले दिने
काठमाडौं : नेकपा एमालेको पाँचौं केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बिहीबारबाट जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन र ७ प्रदेश र गैर–भौगोलिकसहितका प्रतिनिधिले बैठकमा पेस गरेको प्रतिवेदनमा समूहगत छलफल भएको छ ।
आज तेस्रो दिन बस्ने बैठकमा ८ समूहको छलफलपछिको निष्कर्षका बारेमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जवाफ दिने कार्यतालिका रहेको एमालेले जनाएको छ।
एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्तावसमेत आएको छ। समूहगत छलफलका क्रममा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव आएको हो। पोलिटब्युरो सदस्यत्रय महेश बस्नेत, गोकुल बाँस्कोटा, नीरु पालसहित युवा नेताहरूले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका छन्।
दुई समूहका टोली नेताले प्रदेश संरचना खारेजीको प्रस्ताव र स्थानीय तहलाई बलियो बनाएर प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस !