पपुलारिजमका नाममा मुलुकलाई थप अस्थिरतातर्फ जान नदिन युवा-विद्यार्थीले रोक्नुपर्छ : पोखरेल
उनले भने, ‘राजनीतिबाट टाढिने होइन, आधारभूत तहदेखिनै राजनीतिक नेतृत्व सम्हाल्नेगरी अघि बढ्नु पर्दछ।’
काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलारिजमका नाममा मुलुकलाई थप अस्थिरतामा जानबाट रोक्न युवा-विद्यार्थी लाग्नुपर्ने बताएका छन्। उनले युवाहरु राजनीतिबाट टाढिने नभई आधारभूत तहदेखिनै राजनीतिक नेतृत्व सहाल्नेगरी अघि बढ्नु पर्ने बताएका छन्।
उनले अब युवाहरु राष्ट्र निर्माणका लागि जाग्नुपर्नेमा जोड दिए। ‘नेपाली राजनीतिलाई कुशासन र भ्रष्टताबाट मुक्त गर्न, अस्थिरताको दुश्चक्रबाट मुलुकलाई राजनीतिक स्थायित्वतर्फ अघि बढाउन, पपुलारिजमका नाममा मुलुकलाई थप अस्थिरतामा जानवाट रोक्न,जबजको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षाका लागि, अब युवाहरु राष्ट्र निर्माणका लागि जाग्नु पर्छ।’ युवा तथा विद्यार्थी दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत उनले भने, ‘राजनीतिबाट टाढिने होइन, आधारभूत तहदेखिनै राजनीतिक नेतृत्व सम्हाल्नेगरी अघि बढ्नु पर्दछ।’
महासचिव पोखरेलले त्यसका लागि 'मिसन युथ'को नेकपा(एमाले)को अभियानमा जुट्न आह्वान गरे। उनले भने,‘मुलुकको भविष्य नेकपा(एमाले) र तपाई युवाहरुको काँधमा अडेको छ।’
प्रतिक्रिया दिनुहोस !