अस्ट्रेलिया र कोरिया पठाइदिने भन्दै लाखौं रकम असुल्ने पूर्वमेयरका छोरा फरार

अस्ट्रेलिया र कोरिया पठाइदिने भन्दै लाखौं रकम असुल्ने पूर्वमेयरका छोरा फरार
ठगी धन्दा मुद्दामा प्रहरीको फरार सूचीमा रहेका दमक नगरपालिका– ५ का अनिल ओली । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा  : वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया र दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रकम असुल्ने एक जना अझै फरार छन्।  दमक नगरपालिका– ५ बस्ने ३५ वर्षीय अनिल ओलीले पाँच जनालाई अस्ट्रेलिया र ११ जनालाई दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रकम ठगी गरेर सम्पर्कविहीन भएका छन्।

अनिल दमक नगरपालिका पूर्वमेयर रोमनाथ ओलीका छोरा हुन् । ओलीले अस्ट्रेलियामा जेनेरल वर्कर काममा पठाइदिने भन्दै दमक– २ बस्ने कृष्ण अधिकारी,सोही ठाउँका प्रेमकुमार गुरागाईँ,दमननाथ ढुंगाना,आकाश निरौलालगायतबाट ४५ लाख रुपैयाँ लिएका छन् । अधिकारी र गुरागाईँले १५/१५ लाख र अन्य तीनजनाले ५/५ लाख रुपैयाँ दिएको बताइएको छ । 

राजनीति पृष्ठभूमि राम्रो भएका ओली परिवारका सदस्यले नै अस्ट्रेलिया पठाइदिन्छु भन्दा कसरी नपत्याउनु कृष्णकी श्रीमती जमुना अधिकारीले अन्नपूर्णलाई भनिन्,‘अनिलसँग मेरो व्यक्तिगत चिनजान थियो, उसले नै अस्ट्रेलिया पठाइदिन्छु भनेपछि श्रीमानलाई अघि सारेको हो ।’ 

घरमा सरसल्लाह गरी श्रीमान्लाई अस्ट्रेलिया पठाउने भन्दै मैले नै सुरुदेखि अनिलसँग सहकार्य गरेको बताउँदै उनले भनिन्,‘श्रीमानको आवश्यक कागजातदेखि रकमसम्म मैले नै अनिललाई भेटेर बुझाएको हुँ ।’ 

कृष्ण जान लागेको थाहा पाएपछि प्रेमकुमार गुरागाईँसहित अन्य चारजना पनि अस्ट्रेलिया जाने भनी अनिलसँग जोडिन पुगेका हुन्।

अनिलले अस्ट्रेलियामा आफन्त रहेको र सहजै पठाउन सकिन्छ भनेर एकजना बराबर १५ लाख रुपैयाँ बुझाउनु पर्ने सर्त राखियो । अस्ट्रेलिया पुगेपछि मासिक ३ लाख तलब हुन्छ भन्ने उनले सर्त सबैले सहजै स्वीकारे गरे । उनले सुरुमा नेपालबाटै अस्ट्रेलिया पठाउने बताएका थिए।

पछि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लगायतका अन्य कागजात पनि बनाउनुपर्ने र त्यो भारतबाट मात्र सहज हुने भएपछि उनीहरू अनिलले राखेको कुराको पछि नलाग्नुको विकल्प थिएन । यो घटना हो प्रदेश तथा सङ्घीय निर्वाचन २०७९ अघिको हो । टिकट र भिसा आइसकेको भन्दै अनिलले पाँचैजनालाई भारतको बागडोगरा एयरपोर्टबाट लखनउ पठाए । त्यसबापत अनिलले टिकट र भिसाका लागि भन्दै प्रतिव्यक्ति ५/५ लाख रुपैयाँ लिए । लखनउमा पुगेर श्रीबहादुर गुरुङसँग भेट गर्नु र उहाँले नै तपाईँहरूलाई अस्ट्रेलिया उडाइदिन्छ भनेर अनिलले भनेर पठाएको जमुनाले सुनाइन् । 

‘लखनउ पुगेपछि श्रीमानसहित पाँचैजनालाई अलपत्र पारियो,’उनले भनिन्,श्रीमान् र प्रेमज्यू एक महिना लखनउमा बस्नुभयो,अन्य तीनलाई पछि उडाउने भन्दै नेपाल फिर्ता पठाइयो । पछि बुझ्दै जाँदा सुरुमा अनिलले देखाएको टिकट नक्कली पो रहेछ । पछि अनिलले सक्कली टिकट देखाएर थप १० लाख रुपैयाँ माग गरे । 

‘श्रीमान् र प्रेमज्यू लखनउमै हुँदा म र प्रेमकी श्रीमतीलाई भेटेर १०/१० लाख रुपैयाँ बुझाएऔं,रकम बुझाए बापत अनिलसँग लिखित कागज पनि गर्‍यौं,'उनले भनिन्,‘रकम बुझाएको तीन दिनभित्रै उहाँहरूको टिकट रद्द गर्‍यो, त्यसपछि उहाँहरू निराश भएर नेपाल फर्किनु भयो ।’ 

धन्न हामीले अनिललाई पैसा बुझाएको लिखित कागज गरेका रहेछौँ । त्यही कागज बोकेर अनिललाई भेट्न उहाँका घर गयौं । ‘तर, उहाँका घरका सदस्यले उल्टै हामीलाई हप्काएर पठाइदिनुभयो,’उनले भनिन्, ‘त्यसको केही दिनपछि फेरि उहाँका बुवा रोमनाथ र मामासँग पनि कुरा राखेऔँ,मामाले भान्जा फटाहा हो भनेर छलफलमै गाली पनि गर्नुभयो,रकम दिलाउने आश्वासन पनि पाइयो ।’ 

पछि कुरा बुझ्दै जाँदा त अनिलले कोरिया पठाइदिनेहरूबाट पनि जनही ९ देखि १० लाख रुपैयाँ लिएको उनले बताए ।  आश्वासन आश्वासनमै सीमित भयो । पछि फेरि कुरा राख्दा अनिलले लिएको सबै रकम श्रीबहादुर गुरुङले लिएर भागेको र उहाँबाट उठाएर दिन्छौं भनेर कुरा आयो । ‘तर, हामीले त्यो कुरा मानेनौं,’उनले भनिन्,‘रकम अनिललाई दिएको हुनाले हामी अनिललाई चिन्छौं,अरूलाई चिन्दैनौं।’ यी कुरा राखेको पनि ६ महिना बित्यो । तरपनि रकम हात लागेन । अनि हामी कानुनी उपचारमा बाटोमा गएको उनले बताए।  वैदेशिक रोजगार विभागमा अनिलको नाममा पीडितहरूले उजुरी दिएको छ । पीडितहरूले १५ लाखसहित ५० प्रतिशत हर्जानासहित प्रतिव्यक्ति २३ लाख ५० हजार फिर्ता दिलाई पाउन भनी उजुरी पत्रमा उल्लेख छ । 

अनिलको नाममा पक्राउ पुर्जी   

जिल्ला अदालत भद्रपुरले ठगी धन्दाका आरोपी अनिल ओलीको नाममा पक्राउ पुर्जी जारी गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।  आरोपी अनिलले उल्टै श्रीबहादुर गुरुङले चाहिँ रकम ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 

प्रहरीले गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्दा  सरकारी वकिल कार्यालयले अनिलले दिएको उजुरी उल्टाइदियो । त्यसपछि अदालतले चैतको पहिलो साता अनिलको नाममा बिगो रकमसहित पक्राउ पुर्जी जारी गरेको डीएसपी रिजालले बताए । 

यता अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा वैदेशिक रोजगार विभागले पनि अनिलको नाममा चैत २८ गते पक्राउ पुर्जी जारी गरियो । अनिलको नाममा दोहोरो पक्राउ पुर्जी जारी भएको बताइएको छ ।  हाल अनिल प्रहरीको फरार सूचीमा रहेको बताउँदै डीएसपी रिजालले भने,‘अनिललाई जहाँ भेटिन्छ,त्यहीबाट पक्राउ गरिन्छ,उन्मुक्ति दिने कुरा नै छैन ।’

यता पीडितहरूका अनुसार अनिल दमक आसपास नै लुकेर बसेको र प्रहरीले उनलाई पक्राउ गर्न नचाहेको आरोप लगाउँदै आएको छ ।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.