जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

जुम्ला सदरमुकाम खलंगा बजारदेखि पातारासी गाँउपालिका जाँदै गरेको क‍ १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो।

वीरेन्द्रनगर : जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकामा जाँदै गरेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। 

जुम्ला सदरमुकाम खलंगा बजारदेखि पातारासी गाँउपालिका जाँदै गरेको क‍ १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना भएको हो। 

उक्त दुर्घटनामा चन्दननाथ नगरपालिका– १० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपानेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार घाइते हुनेमा पातारासी गाउँपालिका–३ का ४२ वर्षीय कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका– ९ का गोविन्द सार्की सामान्य घाइते भएका छन्। 

घाइते दुबै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.