आदिवासी भोक सार्वजनिक
![आदिवासी भोक सार्वजनिक](https://annapurnapost.prixacdn.net/media/albums/Dewaki_1_RTPPfjSRG1_1eMoyphD0i.jpg)
काठमाडौं : स्रष्टा देवकी अभिलाषीको कविता संग्रह ‘आदिवासी भोक’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले शुक्रबार पुस्तकको लोकार्पण गरेका हुन् ।
राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताए । विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको उनको भनाइ थियो । उनले भने, ‘त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।’ लामाले भनिन्, ‘कविले देश र परिवेश निर्माण गर्ने भएकाले हिम्मतसाथ देवकी त्यस बाटोमा हिँडेकी छिन् ।’
कवि उमेश अकिञ्चनले कवि गीतकार र गायिका पनि रहेको बताउँदै भने, ‘तामाङ सेलो ‘याम्बुको सहरमा’ देवकीले आफ्नै रचनामा रहेको शब्दलाई स्वरमा उतारेकी छन् ।’ बानियाँले कृतिका कविताहरू समग्रमा राम्रो रहेको बताए । संग्रहमा ४२ कविता छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)