साविक विजेता रियाललाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा

साविक विजेता रियाललाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा
सुन्नुहोस्

सन् २०२०–२०२१ मा चेल्सीसँग १–० गोलको नतिजामा पराजित हुँदै सिटी उपाधिबाट वञ्चित भएको थियो।

मड्रिड :  सेमिफाइनलको दोस्रो लेगमा ४–० गोलको नतिजामा पराजित गरेसँगै सम्रगमा साविक विजेता रियाल मड्रिडलाई ५–१ ले पराजित गर्दै इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। बुधबार राति सिटीको मैदान इथियाडमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा २३ औं मिनेटमा बर्नाडो सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो । 

सुरुआतदेखि भम्रणकारी टिममाथि हाबी बनेको सिटीका लागि ३७ औं मिनेटमा सिल्भाले नै व्यक्तिगत दोस्रो गोल गरे।

पहिलो हाफमा २–० ले पछि परेको रियाल दोस्रो हाफमा थप दुई गोल गर्‍यो। म्यानुयल अकान्जीले ७६ औं मिनेटमा गोल गर्दै सटीको अग्रता ३–० बनाएका थिए। सब्सिट्युट खेलाडी जुलियन अल्भारेजले खेलको इन्जिुरी समयमा गोल गर्दै सिटीका लागि ४–० को जित सुनिश्चित गरे।

सिटीले टर्कीको इस्तानबुलमा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ । फाइनल जुलाइ ११ मा इस्तानबुलस्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ।
 
इन्टर सेमिफाइनलमा एसी मिलानलाई समग्रमा ३–० ले पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो। सिटी योसहित दोस्रो पटक फाइनल पुगेको हो। सन् २०२०–२०२१ मा चेल्सीसँग १–० गोलको नतिजामा पराजित हुँदै सिटी उपाधिबाट वञ्चित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.