डा. बाबुराम भट्टराईको टिप्पणी : संरचनात्मक परिवर्तनका नीति-कार्यक्रम ल्याउनु पर्थ्यो
पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले जबसम्म दुई दशकसम्म दुई अंकको वृद्धिदर र वर्षेनी ५-७ लाख रोजगारी हुन्न तबसम्म केही नहुने स्पष्ट पारे।
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमप्रति असन्तुष्ट व्यक्त गरेका छन्। शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रमपश्चात नेसपाका अध्यक्षसमेत रहेका भट्टराईले आमूल संरचनात्मक परिवर्तनका नीति-कार्यक्रम ल्याउनु पर्ने भएपनि त्यस्तो नभएको टिप्पणी गरेका हुन्।
‘गठबन्धन सरकारले आलोपालो नै भएपनि ५ वर्ष चलाउने दृढताका साथ पहिला केही वर्ष आमूल संरचनात्मक परिवर्तनका नीति-कार्यक्रम ल्याउनु पर्थ्यो’उनले सामाजिक सञ्जालमार्फत भने,‘सुझाव पनि दिएकै हो। तर निरन्तरतामा १९ को २० गर्ने गरी आयो !’