एक सातामा साढे ४ सय बढीले चुमे सगरमाथको शिखर

एक सातामा साढे ४ सय बढीले चुमे सगरमाथको शिखर
फाइल तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन्। पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमती लिएका मध्ये लगभग ४५५ जनाले सगरमाथा चुमिसकेका छन्। 

यस सिजनमा ४७८ जनाले अनुमति लिएका छन्। तर आरोहीहरुले कम्तीमा एक जना आरोहण सहयोगी लैजाने भएकाले आरोहण गर्न जानेको सङ्ख्या अनुमति लिनेको संख्याभन्दा दोब्बरले धेरै हुने पर्यटन विभागले जनाएको छ। 

यस सिजनको आरोहण बैशाख ३० गतेबाट सुरु भएको हो। आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बैशाख ३० गते दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) गरेपछि आरोहणको बाटो खुलेको थियो। 

सामान्यतया सगरमाथा आरोहणका लागि जेठ १५ सम्मको समय अनुकूल रहेको बताइएको छ। यसैबीच यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.