गयानाको एक विद्यालयमा आगलागी, २० जनाको मृत्यु

गयानाको एक विद्यालयमा आगलागी, २० जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने कैयौँ घाइते भएका छन् ।

जर्जटाउन : गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी २० जनाको मृत्यु भएको छ ।

'यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,' दक्षिण अमेरिकी राष्ट्र युयनाका राष्ट्रपति इरफान अलीले भने। 

मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने कैयौँ घाइते भएका छन् ।

अलीले आगलागीबाट घाइते भएका सबै बालबालिको उपचार भइरहेको बताए। उनले राजधानी जर्जटाउनका दुई प्रमुख अस्पतालमा हरेक बालबालिकालाई ध्यान दिन आवश्यक सम्भावित सबै व्यवस्था गर्न आदेश दिएको बताए। 

जर्जटाउनबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको महदिया क्षेत्रमा भारी वर्षाका कारण स्थल मार्ग विच्छेद् भएकोले निजी र सैन्य विमान उद्धारका लागि पठाइएको उनले बताए। 

विपक्षी सांसद नताशा सिंह लुईसले आगलागीको कारणबारे छानबिन गर्न माग गरेका छन्। 

उनले भने, 'हामीले यो सबैभन्दा भयानक र घातक घटना कसरी भयो भनेर बुझ्न आवश्यक छ र यस्तो त्रासदी फेरि हुन नदिन आवश्यक सबै उपायहरू चाल्नु आवश्यक छ ।'

करिब आठ लाख जनसङ्ख्या भएको तीव्र विकासलाई पछ्याउने आशा गरेको सानो अङ्ग्रेजी भाषी देश गयाना विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति तेल भण्डार भएको पूर्व डच र बेलायती उपनिवेश हो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.