जिन्दगी धान्न निगुरोको साहारा

जिन्दगी धान्न निगुरोको साहारा
सुन्नुहोस्

हप्ताभरी संकलन गरेको निगुरो शनिबार सदरमुकाम स्थित साप्ताहिक हाट नयाँ बजारमा बिक्री गरेर खर्च चलाउनु डोल्माको बाध्यता हो।

सोलुखुम्बु : जंगलमा पाइने निगुरो हिमाली जिल्ला सोलुखुम्बुका कतिपय महिलाका लागि घर धान्ने गतिलो श्रोत बन्न थालेको छ। जंगल तथा खोलाखाल्सीमा आफैं उम्रिएको निगुरो बिक्रीबाट महिलाले घर खर्चदेखि बालबालिकाको पढाइ खर्चसमेत धानिरहेका छन्। 

माप्यदुधकोशी गाउँपालिका ५ काँकुकी ५० वर्षीया डोल्मा शेर्पाको दैनिकी निगुरो टिप्नमै बित्ने गर्दछ। बिहानै उठ्नु र भुटेको मकै पोको पारेर जंगलतिर निगुरो खोज्न जानु उनको दैनिकी नै बनेको छ। हप्ताभरी संकलन गरेको निगुरो शनिबार सदरमुकाम स्थित साप्ताहिक हाट नयाँ बजारमा बिक्री गरेर खर्च चलाउनु डोल्माको बाध्यता हो। 

सल्लेरीको साप्ताहिक हाट नयाँबजारको एक कुनामा निगुरो बच्दै गरेको अवस्थामा भेटिन् डोल्मा शेर्पा। निगुरो बिक्रीबाट आएको आम्दानीले घरखर्च देखि बालबालिकाको पढाई खर्च समेत धानेको उनले बताइन्। उनले भनिन्, 'नगरे के गर्नु हामी गरिबलाई कसैले ऋण पत्याउँदैनन्। यही जंगलको निगुरो टिप्छु, बिक्री गर्छु र छोराछोरीलाई पढाउँछु। आम्दानीको अरु बाटो छैन त के गर्नु खै।’ 

न्यून आय स्रोत भएकालाई वर्षातमा उत्पादन हुने निगुरो बरदान नै सावित भएको छ। वर्षातमा निगुरो बेचेर र हिउँदमा पिडालु बिक्री गरेर डोल्माले हप्तामा ३ हजार रुपैयाँसम्म आम्दानी गर्छिन्। त्यहि आम्दानीबाट १० जनाको परिवार धान्दै आएकी छन्। विहान उज्यालो नहुँदै जंगल तथा खोलाखोल्सीमा पुग्ने डोल्मा साँझ परेपछि मात्रै जंगलबाट फर्किने गर्छिन्। 

जंगलमा यतिकै खेर जाने निगुरोको साग बेचेरै करिब १५ वर्षदेखि डोल्माले आफ्नो जिन्दगी धान्दै आएकी छन्। डोल्मा त एक उदाहरणका पात्र मात्रै हुन्। उनीजस्ता कयौँ महिलाहरुको आम्दानीको श्रोत नै जंगलमा पाइने निगुरो बनेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.