फेवा सिमसार पुर्नेलाई कारबाहीको माग

फेवा सिमसार पुर्नेलाई कारबाहीको माग

पोखरा : फेवातालको मुहान फेवा सिमसार पुरेर घडेरी बनाउने क्रम बढेसँगै वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले कारबाहीको माग गरेका छन्। 

वरपरको डाँडा कटान गरेर जेठोबुढो धानको पकेट क्षेत्र समेत रहेको फेवा फाँट पुरिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग कारबाहीको माग गरेका हुन्। 

तालको आयुसँग प्रत्यक्ष जोडिएको फेवा सिमसार पुरेर घडेरी बन्ने क्रम बढेको भन्दै तत्काल मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन्। 

तालको मुहान क्षेत्रको डाँडा काटेर पोखरा १८, २२, २३ र २४ वडा नम्बर वडामा पर्ने फेवा सिमसार पुरेर घडेरी बनाउने क्रम चलिरहेको उनीहरूको भनाइ छ। 

तालको सिरानको पामे नजिकैको डुंगा घाट समेत पुरेर यति बेला घडेरी बनाइएको छ। तालको सिरानका घोल, दलदल क्षेत्र, मुल पुरेर घडेरी बन्दा ताल सुक्ने र तालको मुख्य स्रोत हर्पन खोलामा प्रदूषण बढिरहेकाले सिमसार पुर्ने क्रम तत्काल रोक्न मुख्यमन्त्रीसँग अनुरोध गरिएको वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पोडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.