पीडित भन्दै उजुरी दिएका बुढाथोकी नै फरार सूचीमा

पीडित भन्दै उजुरी दिएका बुढाथोकी नै फरार सूचीमा
सुन्नुहोस्

तुल्सीपुर उपमहानगरपालिका–६ निवासी बुढाथोकीले अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिसँग करौडौं रकम उठाएको जाहेरीमा उल्लेख छ।

काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा पीडित भनेर उजुरी दिएका व्यक्ति नै प्रहरीको फरार सूचीमा रहेको रहस्य खुलेको छ। हालै प्रहरीले काठमाडौं जिल्ला अदालतमा दाङका गजेन्द्र बुढाथोकीसहित पीडितका तर्फबाट ३० जना प्रतिबादीविरुद्ध अभियोगपत्र दायर गरेको छ। तर, मुख्य पीडित भनिएका बुढाथोकी नै प्रहरीको फरार सूचीमा छन्।  उनीविरुद्ध जिल्ला अदालत दाङमा ठगी मुद्दा दर्ता भएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीका अनुसार उनीविरुद्ध ७ जना व्यक्तिले जाहेरी दिएका छन्। तुल्सीपुर उपमहानगरपालिका–६ निवासी बुढाथोकीले अमेरिका लैजाने भन्दै विभिन्न व्यक्तिसँग करौडौं रकम उठाएको जाहेरीमा उल्लेख छ। अमेरिका लैजाने बहानामा पटक–पटक गरेर एक करोड ४९ लाख रुपैयाँ ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुल्सीपुरमा जाहेरी परेको थियो।  

७ जनाको जाहेरीमा प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय दाङमा प्रतिवेदन बुझाएको छ। प्रहरी प्रमुख ओली भन्छन्, ‘जिल्ला सरकारी वकिल कार्यालयमा ०७९ फागुन ११ गते प्रहरीले रायसहितको प्रतिवेदन पठाएको हो। १ करोड ४९ लाखको बिगो कायम गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो।’

दाङ प्रहरीले बुढाथोकीलाई खोजिरहेको छ। ओली भन्छन्, ‘बुढाथोकीविरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार छन्। उनी दाङ नै प्रवेश नगरेको हामीले सूचना पाएका छौं। यता ठगी गरेर फरार भएर काठमाडौंमा पीडित भन्दै उजुरी दिएको सूचना पाएका छौं। उनलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याउने प्रक्रियामा छौं। 

उपत्यका अपराध अनुसन्धान महासाखा स्रोतका अनुसार नक्कली शरणार्थी प्रकरणमा पीडित भन्दै उजुरी दिने गजेन्द्र बुढाथोकी तुल्सीपुर उपमहानगरपालिका–४ स्थायी घर भएका हुन्। प्रहरी स्रोत भन्छ, ‘उनीविरुद्ध दाङमा मुद्दा दर्ता भएको छ भन्ने सूचना प्रहरी स्रोतलाई पनि छ। यसबारे थप अनुसन्धान चलिरहेको छ।’ 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको भन्दै आफूसहित ६१ जनाको ९ करोड ७८ लाख रुपैयाँ ठगी गरेको भन्दै दाङका गजेन्द्र बुढाथोकीले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी दिएका थिए। 

उनीलगायत ६१ जना पीडित भएको भन्दै उनले जाहेरी दिएका हुन्।  जाहेरीमा बुढाथोकीले भनेका छन्, ‘प्रतिवादी सन्देश शर्मा, केशवप्रसाद दुलाल, सानु भण्डारी समेतले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छौं भन्दै प्रलोभन दिएको उल्लेख छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.