शिक्षा क्षेत्र सुधारको माग राख्दै नेविसंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शिक्षा क्षेत्र सुधारको माग राख्दै नेविसंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट गरेको छ ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ । साथै,नेविसंघले प्रधानमन्त्रीसँग विभिन्न मागहरू राखेको छ ।

संगठनको तर्फबाट आफ्ना मागहरू प्रस्तुत गर्दै नेविसंघ अध्यक्ष  दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति ,नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखेको बताए।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए।  साथै,शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भइराखेको प्रधानमन्त्रीले आश्वासन दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.