पूर्व-पश्चिम राजमार्ग बिस्तारलाई ३१ अर्ब

पूर्व-पश्चिम राजमार्ग बिस्तारलाई ३१ अर्ब
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताएका छन्।

अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आवमा सम्पन्न गरिने उल्लेख गरे।

कमला-ढल्केवर-पथलैया, बुटवल-गोरुसिङ्गे, काँकडभिट्टा-लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ सडकखण्डको स्तरोन्नति सुरू गरिने भएको छ। 

त्यसैगरी नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने उनले बताए। पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि रु ३१ अर्ब दुई करोड विनियोजन गरेको अर्थमन्त्री डा महतले जानकारी दिए।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए। 

दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने बजेटमा उल्लेख छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.