अस्ट्रियाको अस्पतालमा आगलागी, ३ जनाको मृत्यु

भिएना : अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो ।
अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए ।
अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार मङ्गलबार बिहान १ बजेभन्दा केही समय अगाडि मोडलिङ स्टेट अस्पतालको तेस्रो तल्लाको एउटा कोठामा आगलागी हुँदा तीन जना पुरुष बिरामीको मृत्यु भएको हो।
एपीएका अनुसार एक महिला पनि घाइते भएकी छिन् । अस्पतालबाट करिब ९० जना बिरामीलाई बाहिर निकालिएको छ।
मृतकमध्ये एक ७५ वर्षीय पुरुषले ओछ्यानमा बसेर चुरोट खाँदा आगलागी भएको हुन सक्ने प्रहरीले मंगलबार राति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
