एकैदिन सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। आज १५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १५ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १३९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १३७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
आर्थिक पत्रकार समाजले (सेजन) आयोजना गरेको पोस्टबजेट छलफलमा बोल्दै
प्रतिक्रिया दिनुहोस !
