विद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा भेटिए लेखापाल, अवस्था गम्भीर

विद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा भेटिए लेखापाल, अवस्था गम्भीर
मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालय।

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन्। मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६:५० बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार ढकाल सोही विद्यालयको लेखापाल रहेको खुलेको छ। बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको जानकारी परिवारले प्रहरीलाई दिएको छ। प्रहरीका अनुसार ढकालको घर र विद्यालय नजिकै छ। शरीरमा दन्किएको आगोले पोलेर पीडाले चिच्याइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्काल घटनास्थल पुगेको प्रहरी र स्थानीयले शौचालयबाट उद्धार गरेर शरीरमा बलिरहेको आगो निभएको जानकारी डीएसपी दाहालले दिए। 

उनका अनुसार आगोले शरीरका अधिकांश भाग जलेको छ। गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ। घटनास्थलबाट चिफ नामक किटनासक विषादीको बट्टा र पेट्रोलको गन्ध आउने दुईवटा बोतल प्रहरीले फेला परेको छ। घटनास्थलमा भेटिएका बोतलबाट पेट्रोल चुहिरहेको थियो। 

घटनास्थलको प्रकृति हेर्दा सुरुमा किटनासक विषादी सेवन गरेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर खन्याउँदै शरीरमा ढकाल आफैँले आगो लगाएजस्तो देखिने डीएसपी दाहालको भनाइ छ। ‘घटनास्थलमा विषादीको बट्टा भेटिएको छ। पेट्रोलको गन्ध आउने बोतल फेला परेका छन्,’ उनले भने, ‘घटना कसरी भयो भन्ने बारेमा यकिन भइसकेको छैन। तर, विषादी सेवनपछि पेट्रोल खन्याएर शरीरमा आफैंले आगो लगाउँदै आत्महत्याको प्रयास गरेको हुनसक्छ।’ 

घटनाको करण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको दाहालले बताए। उनका अनुसार प्रहरी घटनास्थल पुग्दा विद्यालयको लेखा शाखा खुल्लै थियो। ढकालले प्रयोग गर्दै आएको प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकल शौचालयनजिकै फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विद्यालयको लेखा परीक्षण शनिबार राखिएको रहेछ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.