अतिक्रमण गरी बनाइएका घर भत्काइयो

अतिक्रमण गरी बनाइएका घर भत्काइयो

परासी : अस्पताल बनाउने जग्गामा व्यक्तिले अतिक्रमण गरी बनाइएका घर नवलपरासीको सरावल गाउँपालिकाले डोजर लगाएर भत्काएको छ।

गाउँपालिकाले वडा नम्बर ५ धनगडवामा  १५ शय्याको अस्पताल निर्माण गर्दै छ। सो  जग्गामा व्यक्तिले अतिक्रमण गरेर बनाएको घर गाउँपालिकाले डोजर लगाएर भत्काइदिएको हो। 

उक्त स्थानको २ विगाहा १८ कठ्ठा जग्गा कार्यपालिकाको बैठकले अस्पतालका छुट्याएको छ। छुट्टाएको जग्गामा तीन जना स्थानीयले घर बनाएका थिए। 

गाउँपालिकाले पटक पटक सूचना निकालेर सम्बन्धित व्यक्तिलाई खाली गराउन ताकेता गरेपनि अटेरी गरेपछि प्रहरी प्रशासनको सहयोगमा शुक्रबार डोजर लगाएर घर भत्काइएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। 

तीन जनामध्ये एक जनाले पालिकाको आग्रहअनुसार जग्गा खाली गराएको र नरेश कहार र बैजनाथ कहारले अटेरी गरेपछि डोजर लगाएर जग्गा खाली गराएका थिए। तीन जनामध्ये २ जनाले ६ कठ्ठा जग्गा अतिक्रमण गरेका थिए। 

अघिल्लो वर्ष अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर अस्पताल निर्माण गर्ने ठाउँका विषयमा राजनीतिक विवाद भएपछि उक्त रकम फ्रिज भएर गएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए।

हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्नुपर्ने नीतिअनुसार पालिकामा अस्पताल निर्माण हुन लागेको पौडेलले बताए। अस्पताल निर्माणका लागि गाउँपालिकाले जग्गाको सुनिश्चितसहित १५ करोडको डीपीआर तयार पारेर स्वास्थ्य मन्त्रालयमा पठाएको पौडेलले बताए। 

जग्गा संरक्षणका लागि गाउँपालिकाले अहिले ८ लाख खर्चेर उक्त स्थानमा तारबार गरेको छ। मन्त्रालयबाट रकम आउन ढिला भएपनि पालिकाले आउँदो आर्थिक वर्षमा केही रकम छुट्टाएर अस्पतालको जग र पिलर राख्ने लगायतका काम अघि बढाउने पौडेलले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.